arrow

चिकित्कस विद्यार्थीलाई हौसला

भारतबाट सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६ सय ५७ विद्यार्थी दीक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
kp-sharma-oli-bp-convocatio.jpg

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई  वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताएका हुन् ।

उनले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको जनाए ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ सस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

 १३औँ दीक्षान्त समारोहमा आज ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीले दीक्षित गरेका हुन् । 

भारतका शिक्षाविद् प्राडा ज्योतिर्मोय पलँ विषेश अतिथि रहेको उक्त कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी भएका छन् । 

कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ