arrow

आफूलाई कालोमोसो दल्नेलाई रिहाई गर्न लोकमानको आग्रह

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
lokman-ji-haa.jpeg

काठमाडौं । आफूलाई बिहीबार सर्वाेच्च अदालत परिसरकमा कालोमोसो दलेका दुई व्यक्तिलाई रिहाई गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निलम्बित प्रमुख आयुक्त लोकमान सिह कार्कीले माग गरेका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक अपिल जारी गर्दै कार्कीले यी व्यक्ति कसैको गोटी मात्रै भएको भन्दै यस्ता अबोध व्यक्तिलाई कारबाही गर्नुको कुनै तात्पर्य नरहेकोले यिनीहरूलाई रिहाई गर्न माग गरेका हुन् ।

उनले भनेका छन् ‘सम्मानित सर्वोच्च अदालतको तारिख लिन जाने क्रममा अति सम्बेदनशिल मानिने कार्यकक्षभित्र पौष ७ गते म माथि दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी मैले पाएको छु । हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ती कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु । वास्तविक अपराधी पर्दा पछाडी भएको र केही महिना यता मेरा विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिती तत्काल नदेखिएको हुंदा ती अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु ।’

उनले लेखेको आग्रह जस्ताको त्यस्तै :

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ