arrow

नियन्त्रणमा मनाङे

ज्यान मार्ने उद्योगका दोषी दीपक मनाङे पक्राउ

ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्चबाट सदर, पाँच वर्ष कैद सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
dipak-manage.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मनाङेलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

उनी सर्वोच्चले फैसला सदर गरेपछि फरार भएका थिए । अज्ञात स्थलबाट उनले आफू भागेको नभइ सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि आफैँले आत्मसमर्पण गर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ