अठ्ठाइस महिना जेल बसाईमा लाग्दै दीपक मनाङे, लगियो जिल्ला अदालतमा, फुस्किँदै सांसद पद
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
493
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । ज्यान मार्ने उद्योगमा पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।
मंगलबार काठमाडौँको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो लगिएको थियो । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट अदालतमा उपस्थित गराइएको छ । त्यसपश्चात उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।
गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । मनाङेले मुद्धामा यसअघि नै २ वर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २८ महिना जेल बस्नुपर्ने भएको छ ।