arrow

अठ्ठाइस महिनाका लागि दीपक मनाङे जेल चलान, फुस्कियो सांसद पद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
dipak-manange-81-7-27.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो ।

सर्वोच्चको आदेशपछि सम्पर्कमा नरहेका मनाङे काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट आज बिहान पक्राउ परेका थिए । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । 

२०६१ बैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनी दोषी ठहर भएका थिए ।

मनाङेले यस मुद्धामा यसअघि नै २ वर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब २ वर्ष ४ महिना जेल बस्नुपर्ने भएको छ । 

उनी गण्डकी प्रदेशका लागि मनाङ (ख) बाट चुनाव जितेका थिए । त्यसपछि उनी निरन्तर मन्त्री बनिरहे । स्वतन्त्र सांसद भएपछि जसको सरकारमा पनि फिट भए । 

जेल चलान भएपछि भने उनको हुँदाखाँदाको सांसद पद पनि चिप्लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ