arrow

मर्दी हिमाल आरोहणका क्रममा पथप्रदर्शक सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
mardi-himal.jpg

पाेखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् । 

 

काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए ।

सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे-१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई साँझ तामाङ लडेको जानकारी दिएका थिए । सम्पर्कविहीन भएका उनको खोजीका लागि आज बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका छन् । 

टोली हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि स्थानीय पर्यटन व्यवसायीसहितको उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताए ।

“एक विदेशीसहित पाँच जना मर्दी आरोहणका लागि आएको र विदेशीलाई आरोहण गराउने क्रममा मुख्य पर्यटक गाइड लालबहादुर लडेको जानकारीपछि हामी खोजीका लागि मर्दी बेसक्याम्प आइपुगेका छौँ, हेलिकप्टरबाट घटनास्थल पहिचान गरेपछि खोजीका लागि टोली पैदल गएको छ, यहाँको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या छ”, वडाध्यक्ष क्षेत्रीले भने । 

तामाङ सम्पर्कविहीन भएको स्थान समुद्री सतहदेखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ