arrow

यो वर्षको मिथिला सम्मान नेपालीलार्इ

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
maithili-sammelan.jpeg

वीरगंज । भारत झारखण्ड प्रदेशको देवघर (बाबा धाम ) बिनोदानन्द नगर सभागृहमा भएको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनले मिथिला सम्मान २०१६ बाट नेपालीलार्इ सम्मान गर्ने घोषणा गरेको छ । सम्मेलनले नेपालको महोतरी जिल्ला वनौली ग्राम निवासी श्रीमद्भागवतका मर्मज्ञ पण्डित अमृतनाथ मिश्रलाई मरणोपरान्त मिथिला रत्न २०१६ ले सम्मानित गरेको छ ।

सो सम्मेलन कार्यक्रमका प्रमुख अतिथी झारखण्ड सरकारका श्रम मन्त्री राजपलिवारले श्रीमद्भागवत मर्मज्ञ पंडित अमृतनाथ मैथिली प्रतिभा पुरुष्कार कोष वीरगंजका संरक्षक एवं स्व.पंडित मिश्रका छोरा भागवान मिश्रलाई सम्मेलनमा मिथिला रत्न २०१६ प्रदान गरे।

यसैगरी नेपालका श्रीमति करुणा झालाई पनि उक्त सम्मेलनमा सम्मान गरिएको स्व.पं.मिश्रका छोरा भगवान मिश्रले जानकारी गराए ।  

सम्मेलनका बिशिष्ट अतिथी बिहार प्रदेशका पुर्वमन्त्री पं.कृष्ण नन्द झा, डा. बैधनाथ चौधरी, पत्रकार रामभरोस कापडी, प्रोफ्सर चन्द्र मोहन झा पाडवा, शोभाकान्त झा, साहित्यकार दिनेश चन्द्र (गोपाल) लगायतका अतिथी महानुभावहरुले सो सम्मेलनको सफलताका लागि आ आफनो शुभकामना मन्तब्य सम्मेलनमा ब्यक्त गरेका थिए ।

सम्मेलन कार्यक्रमको सभापति ललित नारायाण मिथिला विश्व विधालय दरभङ्गाका कुलपति डा. साकेत कुशवहाको सभापतित्वमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।



 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ