arrow

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण

निर्मलाको बलात्कार हुँदै गरेको देखेको भनेर अन्तर्वार्ता दिने अर्याल र लिने धमलासँग सोधपुछ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
cib-final.jpeg

काठमाडौँ । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जबानीमा छाडेको थियो ।

सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरेको सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झूट हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौँ ।’

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झूटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय भए पनि प्रहरीले अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ