arrow

रहिनन् गण्डकी प्रदेश सभा सदस्य विमला गौचन, डेंगीले लियो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
bimala-gauchan-81-7-29.jpg

पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेको गौचन म्याग्दीकी हुन् ।

कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षत्रीले काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा गए राति साढे ११ बजेतिर निधन भएको जानकारी दिए ।

उनलाई डेंगी भएको थियो । काठमाडौँमै रहेको उनलाई राति असहज भएपछि अस्पताल लगिएको र हृदयाघात भएको चिकित्सकलाई उदधृत गर्दै आफन्तले जनाएका छन् ।

तिहारअघि उनी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको त्रिवेणी कोरला सडकको उपल्लो खण्डको अवलोकनका लागि कोरला गएकी थिइन् ।

त्यसअघि दशैँताका दामोदर कुण्ड गएका बेला लेक लागेर अलपत्र परेकी उनलाई नेपाली सेनाले उद्दार गरेको थियो ।

उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्टि गरिने पारिवारिक सोतले जनाएको छ ।

गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ