arrow

सांसद गौचनको अन्त्येष्टि परिवारका सदस्य आएपछि म्याग्दीमा गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
bimala-gauchan-died-gandaki.jpg

काठमाडौँ । डेंगीले बिमार भएपछि उपचार गरी घरमै आराम गरिरहेकी गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ ।  काठमाडौँ घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदयाघात भएपछि अस्पताल लगिएको थियो ।

काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर उनको निधन भएको हो । नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौचन म्याग्दीकी हुन् ।

छोराहरू विदेश रहेकाले उनीहरू आएपछि म्याग्दी नै ल्याएर गौचनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ