arrow

बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ: मन्त्री दाहाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
devendra-dahal.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन् । बिहीबार नारायणगढ–बुटवल सडक खण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरूले निर्माण कार्यमा लापरबाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताए। 

उनले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिए पनि काम अहिलेसम्म थालनी नभएको बताए । उनले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताए । उनले समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको बताए । उनले पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्ने एसएमएस पठाएको बताए । 

उनले भने,‘मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएका थियौँ । तर काम थालनी भएको छैन । एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा गएर निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गर्‍यौँ । निर्माण कम्पनी ७ अर्ब रकम पठाएकाले अब पठाउन सक्दैनौँ भनिरहेको थियो । सरकारले भुक्तानी दिने काममा तलमाथि गरेका छैनौ । समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छांै । तर पनि काम शुरु भएको छैन । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको छ । डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्छौँ । भनेको छ । त्यसमा विश्वास गर्ने कि नगर्ने अवस्था छ । डिसेम्बरबाट सडक निर्माणको काम थालनी गरेको अवस्थामा त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने भनेर तयारी छ । काम थालनी गर्ने र काम गर्ने सरकारलाई विश्वास लागेको छैन । अब निर्णय गर्ने ठाउँमा पुगेका छौ ।’



नयाँ