arrow

पत्रकार महासंघ दोलखामा पनि तालाबन्दी

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
dolakha-talabandi.jpeg

काठमाडौं । नेपाल पत्रकार महासंघ दोलखा शाखामा पनि तालाबन्दी भएको छ । तीन बुँदे माग राख्दै प्रेस युनियन दोलखा शाखाले तालाबन्दी गरेको हो ।

पत्रकार महासघंको सदस्य बन्न अयोग्य ब्यक्तिहरुलाई सदस्यता दिएको आरोप लगाउँदै आन्दोलनमा रहेको युनियनले यस अघि नै योग्य व्यक्तिलाई मात्रै सदस्यता दिनभन्दै युनियन दोलखा शाखाले महासंघको ध्यानाकर्षण गराएको थियो । युनियनले ज्ञापन पत्र बुझाउदै तीन दिन भित्रको मागको सुनुवाई नभए तालाबन्दी गर्ने चेतावनी दिएको थियो ।

आफ्नो अल्टिमेटम भित्र माग पूरा गरेकोले कार्यालयमा तालाबन्दी गरिएको प्रेश युनियन दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईले जानकारी दिए । उनले पत्रकार महांसघमा दलीय राजनीति बन्द गर्नुपर्ने, दोलखाका क्रियाशीलत ११ जना श्रमजिवी पत्रकारलाई सदस्यता दिनुपर्ने र नेपाली पत्रकारहरुको साझा संस्थामा आँच आउने काम बन्द गर्नुपर्ने माग महासंघ सामु राखिएको जानकारी दिए ।

यसैविच नेपाल पत्रकार महासंघ केन्द्रले पटक पटक नयाँ सदस्यता खुलाउन महासघंको शाखाहरुमा पटक पटक पत्रचार गर्दा पनि जिल्ला शाखाले बेवास्था गरी श्रमजीवि पत्रकारहरुलाई महासघंको सदस्य बन्न बाट बञ्चित गराएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रमा उजुरी दर्ता भएको छ ।

दोलखा शाखाका सदस्य सुवास योञ्जनले पत्रकारहरुको साझा संगठन पत्रकार महासघं दोलखाले नयाँ सदस्यहरुको हकअधिकार नै कुण्ठित गर्न खोजेको आरोप लगाउदै नयाँ सदस्यहरुको अधिकार बचाउनकै लागि पनि केन्द्रमा उजुरी हालेको बताएका छन् ।

यस अघि विभिन्न जिल्लाहरुमा युनियनले महासंघको सदस्यतामा आफूखुशी गरेको आरोपमा तालाबन्दी गर्दै आएको छ । बुधबार मात्रै पनि युनियनको बारा शाखाले महासंघ कार्यालयमा तालाबन्दी गरेको थियो ।

यसैबीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले सदस्यता पाउनैका लागि तालाबन्दी गर्नु दुखद् रहेको बताएका छन् । शुक्रबार महासचिव शिवाकोटीले सदस्यता प्राप्त गर्नकै लागि कति ठाउँमा यसैगरी तालाबन्दी गर्न नेपाल पत्रकार महासंघले वाध्य पार्छ रु भन्दै प्रतिप्रश्न गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ