arrow

गतिरोध अन्त्यका लागि निर्वाचन नै फराकिलो मार्गः रावल

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
Bhim-rawal.gif.gif
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले विद्यमान राजनीतिक समस्याको निकासका लागि निर्वाचन गराउनु नै फराकिलो मार्ग भएको बताएका छन् । 
 
रेडियो नेपाल कर्मचारी युनियनको सातौँ अधिवेशनको शुक्रबार सिंहदरबारमा उद्घाटन गर्दै राबलले संविधान कार्यान्वयनमा जानुपर्ने समयमा सरकारले संशोधनको प्रस्ताव ल्याएर अस्थिरता निम्त्याउन खोजिएको आरोप लगाए  । 
 
उपाध्यक्ष रावलले तीनवटै तहका निर्वाचन सम्पन्न गरेपछि आवश्यकता महसुस हुँदा देश र जनताको हित र मागका आधारमा संविधान संशोधन गर्न सकिने बताउँदै “निकासका लागि निर्वाचन नै फराकिलो ढोका हो भने ।” 
 
आर्थिक विकास, स्थिरता र मुलुकको समृद्धि नै सबैको चाहना हुनुपर्नेमा उनले जोड दिए ।  रासस 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ