arrow

लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीमा गणेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३० शुक्रबार
ganesh-thapa-yatatat-gandaki.jpg

पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा महेशबहादुर थापा गणेश निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा बाबुराम घिमिरे, सहचिवमा गणेशकुमार श्रेष्ठ छन् ।

यस्तै कार्यसमिति सदस्यमा विनायक बराल, दिनेश बोहोरा, नारायणबाबु दानी, राजन जोशी, सन्तोष श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री अर्जुन, कुष्णकुमार मल्ल छन् । नयाँ कार्यसमितिको बिहीबार पदस्थापना भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जा सभापति तथा प्रतिनिधिसभा सदस्य राजु थापाले यातायात प्राधिकरण गठन गर्न सदनमा आवाज उठाउने प्रतिवद्धता जनाए ।

‘यातायात व्यवसायका समस्या समाधान गर्नका लागि यातायात प्राधिकरणको आवश्यकता छ, तपाईंहरुले उठाँउदै आएको आवाज पनि यही हो’, थापाले भने, ‘व्यवसायका हक हितका लागि अबको सदनमा यातायात प्राधिकरण गठान गर्न जोडदार माग गर्नेछु ।’

पछिल्लो समय यातायात व्यवसायीले युरोपियन देशका जस्तै उच्चस्तरीय सवारी साधन ल्याएको बताउँदै उनले यसालाई अब प्रविधिसँगै जोडेर जाज सुझाव दिए ।

गण्डकी प्रदेश सरकारले रातो प्लेटमा चल्ने साधनलाई नयाँ एपमार्फत सेवा दिन तयारी थालेका बेला सांसद थापाले सस्तो लोकप्रियता कमाउनका लागि दीर्घकालीन असर गर्ने खालका निर्णय नगर्न आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघ सधैँ तयार रहेको बताए ।

‘यातायात व्यवसायीले ठूलो चुनौतीका बीच पनि व्यवसायमा ठूलो लगानी गरेका भए पनि सरकार विभिन्न एपका बाहनामा रातो प्लेटलाई व्यवसाय गर्न स्वीकृति दिँदै छ’, उनले भने, ‘व्यवसायीले यातायात क्षेत्रमा गरेको यो लगानीलाई अवमूल्यन गर्नु राज्यको कमजोरी हो, हामीले प्रविधिको विरोध गरेको होइन, आउनुहोस् बसेर छलफल गरौँ समस्याको समाधान निकालौँ ।’

उनले यातायात व्यवसायलाई संबोधन गर्ने गरी यातायात प्राधिकारण गठन गर्न सकेमा यातायातमा देखिएका समस्या हल हुँदै जाने दावी गरे ।

लोतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेशबहादुर थापा (गणेश) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघ नेपालका महासचिव केदारनाथ पौडेल, केन्द्रीय सल्लाहकार सरद अधिकारी, बाग्मती प्रदेश अध्यक्ष रामप्रसाद सुवेदी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे, ट्रेड युनियन कंग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, नेपाल याताायत मजदुर संघ गण्डकीका अध्यक्ष किरणबाबु पन्त निर्वाचन समिति सदस्य भानुभक्त बरालले बोलेका थिए ।



नयाँ