arrow

संविधान संशोधन प्रस्ताव अपूरो छ : बाबुराम भट्टराई

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
baburam-bhattarai.jpg.jpeg
चितवन । नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक अपूरो रहेको बताएका छन् । महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै भट्टराईले अहिलेको संशोधन विधेकलाई परिमार्जित गरेर सबै दलको रायअनुसार संशोधन गर्नुपर्ने बताए । 
 
पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले संशोधन प्रस्ताव अपूरो रहेका कारण विभिन्न दल र बासिन्दाको विरोध आएको बताउँदै संविधान संशोधनसँगै कार्यान्वयनका लागि राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिए । 
 
संविधान कार्यान्वयनपछि मात्र राष्ट्र संमृद्धि तर्फ लाग्ने बताउँदै भट्टराईले कार्यान्वयनका विषयमा देखिएका चुनौती समाधानका लागि दलहरु नलागेका कारण नै मुलुकमा बाह्य हस्तक्षेप बढ्न थालेको बताए  । संयोजक भट्टराईले दलहरु एक भए बाह्य शक्तिको केही नलाग्ने बताउँदै संविधान जारी गर्दा देखिएको एकता अहिले पनि आवश्यक रहेको बताए । 
 
एक फरक प्रशङ्गमा भट्टराईले आफूहरुले निर्माण गरेको माओवादी पार्टीको मार्गचित्र गणतान्त्रिक नेपाल र संविधान जारी गर्नेसम्म मात्र रहेको भन्दै अब देशको विकासका लागि नयाँ सोच र नयाँ शक्तिको आवश्यकता रहेको बताए । 
 
भोलिसम्म चल्ने सो भेलामा देश भरिका ५०० जना महिलाको सहभागिता रहने आयोजकले जनाएको छ । भेलाले महिलाशक्ति नेपालको भावी कार्यदिशा तय गर्ने संयोजक कल्पना धमालले बताइन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ