arrow

समितिमा गृहमन्त्री

स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न सरकार प्रतिबद्ध - गृहमन्त्री लेखक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३० शुक्रबार
ramesh-lekhak-07-30.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अङ्गहरूलाई निर्देशन दिइएको पनि बताए । 

उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि बताए । निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने पनि गृहमन्त्री लेखकले बताए । 

उनले भने,‘उपनिर्वाचनको प्रक्रिया अघि बढेको छ । मैले सरकारको तर्फबाट र मेरो तर्फबाट के आग्रह गर्न चाहन्छु भने उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढङ्गले सम्पन्न हुन्छ । यसका लागि सुरक्षाका सबै आवश्यक प्रबन्धहरू मिलाईन्छन । मैले उपनिर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा समितिको बैठक पनि राखी सेको छु । र, सबै सुरक्षा निकायहरूलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकिएको अवस्था छ । त्यसका लागि आवश्यक निर्णय भइसकेको छ । निर्वाचन आयोगसँग समन्वय गरेर निर्वाचन आयोगलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइनेछ । र, अत्यन्त निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गर्ने कुरामा हामी प्रतिबद्ध छौं । निर्वाचन गर्ने निर्वाचन आयोगले हो । सरकारले निार्वच्न आयोगलाई सुरक्षालगायतका विषयमा सहयोग गर्नुपर्ने कुरामा हामी तयारी अवस्थामा छौं । म यति आश्वस्त गर्न चाहन्छु ।’ 

गृहमन्त्री लेखकले निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग जुटाउने कुरामा सरकार लागि परेको बताए । 



नयाँ