- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चुनाव अघि नै शक्तिशाली नागरिकता छानविन गर्न माग गर्दै एउटा समूह ८ दिनदेखि राजधानीमा अनसन बसिरहेको छ । मिसन सिन्धुलीगढी राट्रिय मोर्चाको नामबाट ४ जना शुक्रबार आठौं दिनपनि राजधानीको खुल्लामञ्चमा रिले अनसन बसिरहेका छन् । उनीहरुको रिले अनसन पौष १ गतेदेखि सुरु भएको र १५ गतेसम्म चल्ने बताईएको छ ।
उनीहरुले नागरिकता छानविन नगरी निर्वाचन गर्दा मुलुक फिजीकरण हुने भन्दै त्यसको रोकथामको लागि शक्तिशाली नागरिकता छानविन गरेर मात्रै निर्वाचनमा जान माग गरेका छन् ।
२७ बुँदे माग राखेर अनसन बसेका उनीहरुले यसका साथै एनजिओ तथा आईएनजिओलाई खुल्ला छाड्न नहुने लगायतका माग राख्दै आएका छन् । उनीहरूले राज्यले एनजिओ आईएनजिओलाई नियन्त्रण गर्न नसकेको भन्दै स्वाधिनताको लागि एनजिओ÷आईएनजिओको नियन्त्रण आवश्यक रहेको बताएका छन् ।
उनीहरुले यसै विषयमा शनिबार दिउँसो ११ बजे पत्रकारसम्मेलन गरेर जानकारी दिने बताएका छन् । उनीहले आफूले यस विषयमा माग गर्दा कुनैपनि सरकारले आफूहरुको ज्ञापनपत्रसमेत नबुझेको गुनासो पनि गरे । केपीओली सरकारको पालामा पनि यस विषयमा कुरा उठेको भएपनि ज्ञापनपत्र बुझ्न नमानेको र प्रचण्ड नेतृत्वको सरकारले पनि यस विषयमा वास्ता नगरेको मोर्चाको गुनासो छ ।
अहिले मोर्चाका संयोजक गोविन्द बोहोरा, सशक्त राष्ट्रवादी युवा समूहका संयोजक कृष्ण गिरी, आम नेपाली पार्टीका संयोजक नीलकण्ठ पौडेल, र सशक्त राष्ट्रवादी समूहका संयोजक जे एन घिमिरे अनसन बसिरहेका छन् । उनीहरुको आन्दोलनको स्लोगन ‘ हराएको नेपाल राष्ट्र खोज्न जाऔं, लुकाईएको नेपाल राष्ट्र खोज्न जाऔं’ राखेका छन् ।