- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताएका छन् ।
पोखरामा आयोजित एक समारोहमा मन्त्री थापाले परम्परागत शिक्षा प्रणालीले सोचेजस्तो उपलब्धि हासिल नहुने उल्लेख गरे ।
विकास र परिवर्तनको कडी शिक्षा रहेकाले शिक्षाबाटै समृद्धि प्राप्त हुने उनको भनाइ थियो ।
“उत्पादन र रोजगारीसँग शिक्षालाई जोड्नुपर्छ, व्यावसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो”, उनले भने ।
मन्त्री थापाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि प्रदेश सरकारले केही नयाँ कार्यक्रम ल्याएको बताए ।
अभिभावक शिक्षा, ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’, ‘फ्राइडे फर फ्युचर’ जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण थप बढाउने उनले उल्लेख गरे ।