arrow

हुम्लाको सर्केगाडमा पाँच दलको उम्मेदवारी

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ मंसिर २ आइतबार
Sarkegad_Gaunplaika.png

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि पाँच दलको उम्मेदवारी परेको छ । 

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा उपाध्यक्षका लागि नेपाली कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट वाचा बुढाले उम्मेदवारी दिएका हुन् । 

केही स्वतन्त्र उम्मेदवारीका लागि फर्म मनोनयन पत्र लगिएको निर्वाचन टालीले जनाएको छ । 

उक्त उपाध्यक्ष पद गत भदौदेखि खाली रहेको छ । तत्कालीन उपाध्यक्ष माओवादी केन्द्रका चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको थियो । 

सुर्खेतबाट नेपालगञ्ज आउँदा भदौमा उनी दुर्घटनामा परेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ