arrow

मधेसमा वन अतिक्रमण हटाउने अभियानः ‘वन अतिक्रमण नक्साङ्कन’ विषयक तालिम शुरू 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
ban-atikraman-81-8-2-sarlah.jpg

सर्लाही । मधेस प्रदेश सरकारको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सागरनाथ सर्लाहीको आयोजनामा सर्लाहीको मलङ्गवास्थित होटल सुजाता प्यालेसमा “वन अतिक्रमण नक्साङ्कन“ सम्बन्धी १० दिने तालिम शुरू भएको छ। 

तालिमको उद्घाटन वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सागरनाथका प्रमुुख सुजीतकुमार झाको अध्यक्षता तथा  जिल्ला समन्यन समितिका सर्लाहीका  उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा भयो । 

कार्यक्रममा मधेस प्रदेश साझेदारी वन उपभोक्ता महासंघका महासचिव रजनीकान्त झा र सर्लाही पर्सा गाउँपालिकाका वन तथा वातावरण अधिकृत राजेन्द्रप्रसाद यदव लगायतको आतिथ्यता रहेको थियो । 

सर्लाही वन प्राविधिक समाजको आयोजनामा भएको तालिममा ८ वटै जिल्लाका स्थानीय तहबाट २० जना सहभागी भएका छन् । तालिमले वन अतिक्रमणका समस्या पहिचान र समाधानमा प्रभावकारी कदम चाल्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

उक्त तालिमले प्रदेशका वन अधिकृत तथा फरेस्टरहरूलाई प्राविधिक ज्ञान प्रदान गरी वन व्यवस्थापनमा सुधार ल्याउने उद्देश्य राखेको छ । मधेस प्रदेशमा मात्र करिब २० हजार हेक्टर क्षेत्रमा वन जङ्गल अतिक्रमणका रहेको र यस तालिमपछि वन अतिक्रमणका हटाएर पूर्ण वृक्षरोप(ा गर्न सहज हुने आयोजकले अपेक्षा लिएको छ । 

यसको लागि राज्यको सबै क्षेत्रले सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ । अतिक्रमित वन क्षेत्रको नक्साङ्कन तथा तथ्याङ्क मात्र राख्न सकेमा पनि राज्यले चाहेको वन क्षेत्र खाली गराउन सक्ने भएको तालिमपछि ८ वटै जिल्लाका वन कार्यालयले यसमा विशेष योजना बनाएर काम गर्ने अपेक्षा रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सागरनाथ सर्लाहीले जनाएको छ ।



नयाँ