arrow

पूर्व सभामुख ढुङ्गानाबारेमा के भन्छन् गगन थापा ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
gagan-thapa-08-03.jpg

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गाना निष्ठावान् व्यक्ति भएको कांग्रेस महामन्त्री गगन थापाले टिप्पणी गरेका छन् ।  ज्ञानेश्वरस्थित सानो गौचरणमा ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएपछि महामन्त्री थापाले यस्तो  टिप्पणी गरेका हुन् । 

महामन्त्री थापाले ढुङ्गाना आफ्नो कुरामा अडिक रहने डेमोक्रेट भएको बताए । उनले भने ,' अघिल्लो वर्ष पार्टी कार्यालयमा वहाँलाई हामीले बोलाएका थियौ । वहाँको कुरा मलाई पटकै चित्त बुझेन । मैले वहाँ माथि असहमति राखे तर वहाँ आफ्नो कुराबाट डेक चल्नुभएन । वहाँले भन्नुभयो गगन बाबुको कुरासँग मेरो असहमति छ । मेरो कुरासँग वहाँको असहमति छ । वहाँको कुरालाई म रेस्पेक्ट गर्छु तर मेरो कुरा यही हो । मेरो अरूसँग मेरो फरक मत छ त्यो कुरा म स्वीकार गर्छु । तर मेरो मत मेरो मत हो । वहाँ एउटा डेमोक्रेट निष्ठावान् मान्छे हुनुहुन्थ्यो । अरू क्षेत्रमा वहाँको योगदान छदै छ ।'

महामन्त्री थापाले ढुङ्गाना सभामुख हुँदा कुनै कुराबाट पनि नबहकिएको सुनाए । उदार प्रजातन्त्र विश्वास  राख्ने ढुङ्गाना भिडबाट नआत्तिने मानिस भएको र  ढुङ्गानाबाट सबैभन्दा धेरै सिक्नुपर्ने कुरा निष्ठा भएको उनले बताए ।  उनले भने,' एउटा ड्यामोक्राट कांग्रेस हुने भनेको उदार प्रजातन्त्र विश्वास गर्नु हो उदार प्रजातन्त्र विश्वास गर्नु चाहिँ म कुनै पार्टीको सदस्यता लिन्छु वा म कुनै कार्यक्रममा सहभागी हुन्छु भन्ने मात्र होइन आरुसँग जोडिने कुरा हो । वहाँले जिम्मा पाउनुभयो सभामुखको वहाँ कुनै पनि कुराबाट बहकिनु भएन । हामी ती कुराहरूबाट अतालिन्छौ । मलाई लाग्छ दमननाथ ढुङ्गानाबाट सबैभन्दा धेरै सिक्नुपर्ने कुरा निष्ठा हो डेमोक्रेटका लागि ।' 



नयाँ