arrow

पाँचथरको लेकगाउँमा क्षेत्रिय खेलमैदान निर्माण

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष ९ शनिबार
football-ground1.jpeg
पाँचथर । पाँचथरको लिम्बा ४ स्थित लेकगाउँमा क्षेत्रिय खेलमैदान निर्माण गरिएको छ । सांसद विकाश कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७१/०७२ मा ४ लाख रुपैया र स्थानियले १ लाख ५० हजार रुपैया रकम संकलन गरेर उक्त खेलमैदान निर्माण गरेको स्थानिय किसान कुमार राईले जानकारी दिए । उनले भने ,“पहिल्यै सामान्य खेलमैदान मात्रै थियो,तर पछि सांसद विकाश कोष बाट ४ लाख रुपैया प्राप्त भयो र वाँकी रकम स्थानियहरु मिलेरै संकलन गरेर खेलमैदान निर्माण गरेका हौ ।”
 
इलाभेन साइजको उक्त खेलमैदान निर्माण भएपछि अहिले पाँचथरको क्षेत्र नम्बर २ का एक दर्जन गाविसवासी,तथा छिमेकी जिल्लाहरु इलाम,तथा मोरङका खेलाडीहरु सहभागि गराएर गाविस,अन्तर जिल्ला स्तरीय प्रतियोगिता समेत संचालन गर्ने गरिएको उनले वताए ।
 
त्यस क्षेत्रमा यूवाहरु खेलकुद प्रति आकर्षित भएको तथा भूगोलले समेत साथ दिएकोले खेलमैदान निर्माणका लागि आफूले केहि रकम सहयोग गरेको पाँचथर क्षेत्र नम्बर २ का सांसद तथा उद्योग वाणिज्य हकहित सम्वद्ध समितीका सभापति भिष्मराज आङदेम्बेले वताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ