arrow

स्थानीय तह उपनिर्वाचन

उम्मेदवारी दिएकाको उजुरीबारे आयोगले निर्णय गरी नामावली सार्वजनिक गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
upanirwachan-2081.jpeg

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम अन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेको उजुरीबारे निर्णय गर्ने र उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

आयोगले साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे छानबिन गरेर निर्णय गर्ने बताएको छ । यसअघि आयोगले सोमबार मनोनयन गरेका उम्मेदवारको उजुरी आह्वान गरेको थियो । त्यस्तै आयोगले आजै साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने बताएको छ ।

त्यस्तै आयोगले बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको जानकारी दिएको छ ।

यसअघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । 

अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थानीय तहमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना, उपप्रमुख, उपाध्यक्ष तीन जना र वडाध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाध्यक्ष छन् । 

माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडाध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडाध्यक्षको निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ