arrow

राप्रपा महाधिवेशनः चार हजार प्रतिनिधि छनोट हुने

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
rpp.jpeg
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ । 
 
राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते देशका ७५ जिल्लामा जिल्ला अधिवेशन गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी  दिए । 
 
पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ । पार्टी महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने निर्णय भइसकेको छ । 
 
यस पटक दुवै पार्टीभित्रको सन्तुलन मिलाउन करिब चार हजार प्रतिनिधि छनोट हुने बताइएको छ । गत मङ्सिर ६ गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको छ । 
 
अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न भइसकेको छ । गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिए पनि पार्टीभित्रका आन्तरिक विवाद तथा जिल्ला तहमा नेतृत्व लिने नेताबीचको द्वन्द्वका कारण प्रक्रिया केही लम्बिएको हो । 
 
गत मङ्सिर ३० गतेदेखि यही पुस १८ गतेसम्म पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा गरिरहेको छ । पार्टीले झापामा बैठक सम्पन्न गरी आज आमसभा गर्दै छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ