‘स्वास्थ्य क्लिनिक छ्याप्छ्याप्ती, अनुमति लिने थोरै’
विराटनगरकै कथा यस्तो : ३ सय बढी क्लिनिक, १५ वटासँग मात्रै अनुमतिपत्र
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष ९ शनिबार
716
Shares
विराटनगर । मोरङ जिल्लामा अधिकांश स्वास्थ्य क्लिनिक मापदण्ड विपरीत संचालन भइरहेका खुलासा भएको छ । स्वास्थ्य संस्था दर्ता र स्तरोन्नती सम्बन्धि मापदण्ड–२०७० अनुसार संचालन भएका क्लिनिकले अनिवार्य जिल्ला जन स्वास्थ्यमा दर्ता र स्वीकृति लिनुपर्नेमा त्यसो नभएको भेटिएको हो ।
३ सय बढी क्लिनिक मोरङमा १५ वटाले मात्र संचालन अनुमतिपत्र लिएको जनस्वास्थ्य कार्यालय मोरङका प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले वताए । क्लिनिक, पोलिक्लिनिक, डायलाइसिस सेन्टर तथा २५ शय्याका अस्पतालले संचालनका लालागि जिल्ला जनस्वास्थ्यसँग स्वीकृति लिनुपर्ने हुन्छ । यद्यपि, सबै स्वास्थ्य संस्थाले मापदण्ड पुरा नगरेको खत्रीको भनाई छ ।
केही समय पहिले स्वास्थय मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको टोलीले क्लिनिकहरुमा अनुगमन गरेको थियो । सय बढी क्लिनिकमा अनुगम गर्दा ४० क्लिनिक कारबाहीमा परेका थिए । ती क्लिनिकहरुको शिलबन्दी कायम छ ।