स्थानीय तह उपनिर्वाचनः शुद्धोधनको वडाध्यक्षका लागि १४ उम्मेदवार
मणिप्रसाद गैह्रे,
प्रकाशित २०८१ मंसिर ५ बुधबार
557
Shares
कपिलवस्तु । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ को वडाध्यक्षमा १४ जनाको उम्मेदवारी कायम भएको छ।
प्रमुख राजनीतिक दलसहित दलबाट १० जना र ४ जना स्वतन्त्रले मनोनयन पत्र दर्ता गराएका थिए ।
कांग्रेसले दिनेशकुमार यादव, नेकपा एमालेले माहोम्म ताहिर मसुलमान, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रफि महोम्मद मुसलमान जनमत पार्टीबाट सिताराम पटेल कुर्मी, जसपा नेपालबाट राम बहादुर कुर्मी चौधरी, रास्वपाबाट अवधेश कुमार चौधरी जसपाबाट रमेश कुमार पाण्डेयले मनोनयन दर्ता कायम भएको हो ।
यस्तै राप्रपाले इनताज अहमद धोबी, नागरिक उन्मुत्ती पार्टीबाट सुर्य कुमार चौधरी थारु ,नेपाल कम्युनिस्ट पार्टी एकीकृतबाट सुबा थारु तथा स्वतन्त्ररुपमा अबदुल मुयीद मुसलमान, सर्वजित मल्लाह, अब्दुल अब्बल फकीर र पुजारी थारुको मनोनयन दर्ता कायम भयको मुख्य निर्वाचन अधिकृतक प्रकाशचन्द्र अधिकारीले बताए।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तिकराम यादवको निधन भएपछि वडाध्यक्ष पद रिक्त भएको हो ।
दिनेशकुमार यादव स्वर्गीय तिलराम यादवका छोरा हुन् । उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ।