arrow

मधेस सरकारको ‘घुमौँ मधेस, बुझौँ मधेस’ को संयोजकमा विकास ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
bikas-thakur-madhes-tourism.jpg

काठमाडौँ । मधेस प्रदेश सरकारको कार्यक्रम ‘घुमौँ मधेस, बुझौँ मधेस’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् । 

नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेस प्रदेश सरकारले मधेसको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो । 

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन् । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार मधेस प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ । यसैअन्तर्गत महत्वाकांक्षी सरकारी कार्यक्रम ‘घुमौँ मधेस, बुझौँ मधेस’ घोषणा गरी संयोजकमा ठाकुरलाई नियुक्त गरिएको कर्णले बताए ।

‘मधेस तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा छ । हामीलाई विश्वास छ, ठाकुरजीले लगनशील भएर सार्थक परिणामको रूपरेखा कोर्नेछन्’, उनले भने । 

संयोजक ठाकुरले मधेस प्रदेशलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताए । 

‘अहिले हाम्रो सम्मुखमै जनकपुरमा विवाह पञ्चमी छ । बारामा गढीमाई मेला छ । यी पर्वलाई अझै व्यवस्थित र व्यापक प्रचारप्रसार गर्ने काम हुन्छ । समग्र मधेस प्रदेशलाई कसरी पर्यटनमा अगाडि लान सकिन्छ भनेर काम गर्छौं’, उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ