arrow

तरुण अध्यक्ष गुरुङले असहाय बाल आश्रममा बनाए आफ्नो जन्मदिन  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
bidwan-gurung-birthday.jpg

काठमाडौँ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले काठमाडौँ क्षेत्र नं ३ मा अवस्थित नयाँ जीवन नेपालको असहाय बाल आश्रममा आफ्नो जन्मदिन मनाएका छन् ।

आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष गुरुङले आश्रममा आश्रितहरुका लागि दाल, चामल ,लुगा धुने साबुन, तेललगायत खाद्यान्ह सामग्री र लगाउने कपडाहरु वितरण गरेका छन् ।

संस्थाका अध्यक्ष राजन खनालले जानकारी दिएअनुसार मेचीदेखि जाजरकोटसम्मका चारदेखि चौबीस वर्षका पच्चीस वर्षकाहरु उक्त आश्रममा आश्रित छन् ।

दश वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको संस्थाका उपाध्यक्ष धर्मा थिङ लामाले आफ्नो भवन नहुँदा बालबच्चाको रेखदेख गर्न समस्या परिरहेको बताएका छ्न् । भवनको भाडा तिर्न पनि समस्या परिरहेको जानकारी उनले दिए ।

अध्यक्ष गुरुङले आफू निरन्तर यस संस्थासँग सम्पर्कमा रहने र संस्थाको उत्थानको लागि पूर्ण समन्वय गरिरहने बताए ।

संस्थाका अध्यक्ष खनालले आफ्नो जन्मदिनमा यस्तो मानवीय कार्य गरेकामा धन्यवाद दिँदै आउँदा दिनमा पनि यस्तै रचनात्मक कार्य गर्न प्रेरणा मिलिरहोस् भनी शुभकामना दिएका छ्न् ।

अध्यक्ष गुरुङ श्रीमती प्रीती श्रेष्ठ गुरुङ, आमा धनकुमारी गुरुङ, तरुण दल केन्द्रीय सदस्य लगायत जिल्ला अध्यक्षसहित उक्त आश्रम पुगेका थिए ।



नयाँ