arrow

म्यानसिटीको सिजनकै खराब प्रदर्शन, लिभरपुल, चेल्सी र आर्सनललाई फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
mancity-tottenham-24-11-23.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सिजनकै खराब प्रदर्शन गरेको छ । सिटीले घरेलु मैदानमै टोटनह्याम हट्सपरसँग कमजोर प्रदर्शन गरेको हो । 

सिटी ४–० ले पराजित भयो । यो हारले सिटीको यसपालि उपाधि जित्ने सम्भावना कमजोर भएको छ । गएरातिका अन्य खेलमा चेलसीले लेस्टर सिटीलाई २–१ ले, आर्सनलले नटिंघम फरेस्टलाई ३–० ले, ब्राइटनल बर्नमाउथलाई २–१ ले तथा वुल्भ्सले फुल्हमलाई ४–१ ले हरायो । 

एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ को तथा एभर्टन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् । 

आजका खेल
आज दुई खेल हुँदैछन् । लिभरपुलले साउथह्याम्पटनसँग उसकै मैदानमा बेलुकी ७ः४५ बजे तथा इप्सविच टाउनले म्यानचेस्टर युनाइटेडसँग राति १०ः१५ बजे घरेलु मैदानमा खेल्नेछ । 

अंक तालिका
म्यानसिटीको हारले लिभरपुल फाइदामा गएको छ । लिभरपुलको ११ खेलमा २८ अंक छ । त्यस्तै १२ खेलबाट म्यानसिटीको २३ तथा चेल्सी, आर्सनल र ब्राइटनको २२ अंक रहेको छ । 

टोटनह्याम हट्सपर, नटिंघम फरेस्ट र एस्टन भिल्लाको समान १९ अंक रहेको छ । 
 



नयाँ