महोत्तरी । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ‘सुटर’ दिपेन्द्र ठाकुर पक्राउ परेका छन् । ठाकुर महोत्तरीको बथनाहा–४ बाट पक्राउ परेका महोत्तरी प्रहरी प्रमुख एसपी नवलप्रसाद उपाध्यायले हाम्राकुरालाई जानकारी दिए ।
प्रक्राउ परेका ठाकुरलाई आइतबार मात्रै सार्वजनिक गरिने एसपी उपाध्यायले बताए । ठाकुर ७ बढी हत्याका घटनामा संलग्न भएको बताइएको छ । उनले धनुषा र महोत्तरीमा नाम चलेका (ठूल–ठूला) व्यापारीलाई गोली दागेको समेत बताइँदैछ ।
जानकी मेडिकल कलेजका तत्कालिन डाइरेक्टरलाई समेत उनले गोली हानेका प्रहरीले जनाएको छ । ५ वर्ष अघि फरार भएका ठाकुरविरुद्ध धनुषा र महोत्तरी अदालतमा मुद्दा विचाराधिन छ ।