arrow

एसियाली भन्दा धेरै भात खानेमा अफ्रिकी अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
rice-pure.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाललगायत दक्षिण एसियाका सबै देशमा भात खाइन्छ। यो फरक कुरा हो कि केही देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको ठूलो माग छ ।

यसमा भारत, चीन र बंगलादेशलगायत धेरै अफ्रिकी र एशियाली देशहरू समावेश रहेका छन् । विश्व जनसंख्या समीक्षाको २०२४ को प्रतिवेदन अनुसार पश्चिम अफ्रिकी देश गाम्बियाले विश्वमा सबैभन्दा बढी चामल उपभोग गर्दछ। यहाँ सन् २०२१ मा प्रतिव्यक्ति ३७८.८८ किलो चामल वर्षभर खपत भएको थियो ।

गाम्बिया पछि पूर्वी अफ्रिकी देश कोमोरोसमा चामल सबैभन्दा बढी खपत हुन्छ। कोमोरोस देशमा चामलको प्रतिव्यक्ति खपत प्रति वर्ष २९५ किलोग्राम हुन्छ ।

म्यानमारमा चामलको वार्षिक खपत प्रतिव्यक्ति २७०.८ किलोग्राम र बंगलादेशमा प्रतिव्यक्ति २६३ किलोग्राम रहेको छ।

चीनमा एक वर्षमा प्रतिव्यक्ति १२८.९९ किलो चामल खपत हुने गरेको छ भने भारतमा प्रतिव्यक्ति चामलको वार्षिक खपत १०४.२९ किलोग्राम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ