arrow

ट्रम्पले आफ्नो विवादास्पद परोपकारी संस्था बन्द गर्ने

अनुसन्धान भइरहेकाले बन्द गर्न नमिल्ने

logo
प्रकाशित २०७३ पुष १० आइतबार
trump.jpeg
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विवादास्पद परोपकारी संस्था बन्द गर्ने घोषणा गरेका छन् । उनको सो संस्थाको अनुसन्धान चलिरहेको छ । 
 
यता, ट्रम्पले बन्द गर्ने घोषणा गरे पनि महान्यायाधिवक्ताको कार्यालयले भने उक्त संस्थाको काम कारवाहीबारे अनुसन्धान भइरहेकाले बन्द गर्न नमिल्ने जनाएको छ ।
 
राष्ट्रपतिको भूमिकामा कुनै पनि विवाद र द्धन्द्धको छायाँ नपरोस् भन्ने चाहनाले संस्था बन्न गर्न खोजिएको ट्रम्पको भनाइ छ ।
 
ट्रम्पले आफ्नो संस्थाले असंख्य राम्रो कामका लागि वर्षौंदेखि लाखौं डलर खर्चेको उल्लेख गरेका छन् ।
 
राष्ट्रपतिको सपथ खानुअघि नै ट्रम्प विवादमा आएका छन् । 
 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्प राष्ट्रपतिमा विजयी हुने पहिल्यै थाहा भएको बताएसंगै झनै माहोल बदलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ