arrow

सकियो उपनिर्वाचनको मतदान, रातिबाटै परिणाम आउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
voter-102-years-81-8-16.jpg
तस्बिर – तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्ष पदका लागि मतदान गर्न जाँदै ८५ वर्षीया ज्येष्ठ नागरिक, रासस ।

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सवै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए । मतदान सम्पन्न भए पनि कति प्रतिशत मत खस्यो भन्ने बारेमा भने अन्तिम जानकारी पाउन समय लाग्ने निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

उनका अनुसार अपरान्ह ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको थियो । आज २९३ मतदान केन्द्रबाट मतदाताले मत प्रकट गरेका छन् ।
 
काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । 

आज रातिबाट नै परिणाम आउन शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ