arrow

रुकुम पश्चिमको सानीभेरीमा कांग्रेसका खत्री विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
motiram-khatri-nc-rukum.jpg

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन् । उनी ५९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १४६ मत खसेको थियो ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका अलबहादुर खत्रीको निधन भएपछि उनका भाइ मोतीरामले चुनाव लडेका थिए ।

यसपालि कांग्रेसलाई एमाले र डा बाबुराम भट्टराईको पार्टीको समर्थन रहेकामा माओवादीलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ