arrow

दलीय सहमतिसँगै देउवाले गरे वधशालाका कुरा

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Sher.jpg.jpeg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले दलबीच चाँडै सहमति हुने बताएका छन् । नेपाल खड्गी सेवा समितिले काठमाडौंमा गरेको ‘व्यावसायिक भेला’मा सभापति देउवाले दलबीच चाँडै सहमति गरेर मुलुकलाई निकास दिन आफुहरु लागिपरेको सुनाए ।

देउवाले भने, ‘दलबीच चाँडो सहमति जुटाएर तीन तहको निर्वाचनमा गराउनु पर्छ । संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक बाटोमा लैजानु अहिलेको प्रमुख आवश्यकता हो ।’ सभापति देउवाले खड्गी समुदायको परापूर्वकालदेखिको पेसा मासुु व्यवसाय भएको भन्दै वधशाला निर्माणका लागि सरकार र नेपाली काँग्रेसले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

काँग्रेसका सांसद भीमसेनदास प्रधानले मुलुकका हरेक परिवर्तनको वाहक नेपाली काँग्रेस भएकाले संविधान कार्यान्वयनमा पनि काँग्रेस गम्भीर रहेको बताए ।  प्रधानले भने, ‘ विपक्षी एमाले मुलुक र जनताप्रति गम्भीर छैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले राज्य र जनताप्रति राजनीतिक दल गम्भीर नहुँदा देशमा सङ्कट उत्पन्न हुने खतरा बढेको चर्चागर्दै भने, ‘अहिलेकै अवस्थामा मुलुक गुज्रिए बिखण्डनको बाटोमा अघि बढ्छ, त्यसैले यसप्रति दल सचेत बन्नुपर्छ  ।’

समिति अध्यक्ष मनोज नेवा खड्गी, पूर्वराज्यमन्त्री तीर्थमान डङ्गोल लगायतले आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मासुलाई गुणस्तरीय र व्यवस्थित तरिकाले बिक्री वितरण गर्न छुट्टै औद्योगिक क्षेत्र खोल्नुपर्दछ–भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ