arrow

चीनमा सैन्य हस्तक्षेप समाप्त, सी जिनपिङको सीधा पकड

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
xi-jinping_416x416.jpeg
बेइजिङ । चीनमा कम्युनिष्ट पार्टीले स्थानीय प्रशासनमा गर्दै आएको सैन्य पकडलाई समाप्त गरेको छ । राष्ट्रिय स्तरमै पार्टी र सेनाको प्रमुखको रुपमा अब राष्ट्रपति सी जिनपिङले नै सीधा पकड राख्नेछन् । 
 
सीले त्यहाँका १४ प्रान्तीय काउन्सिलको समितिमा सैन्य अधिकारीहरु हटाउने आदेश दिएका छन् । स्टयान्डिङ कमिटिले नै हेर्ने भएपछि सीधा सीको पहुँचमा स्थानीय प्रशासन गएको छ । 
 
यसबाट सत्ता तथा राजनीतिक दल सेनाबाट मुक्त हुनेछन् । सीले चीनमा लामो समयदेखि भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेका छन् । सैन्य दखलको अन्त्य भएसंगै भ्रष्टाचारमा कमी आउने उनको विश्वास छ । 
 
भ्रष्टाचारकै मामलामा ४० बढी सैन्य अधिकारीहरु दोषी पाइएपछि उनीहरु अहिले जेलको हावा खाइरहेका छन् । 
 
स्थानीय प्रशासनमा सेना बढी हावी भएकैले भ्रष्टाचार मौलाएको बताइँदै आइएको छ । अब सैन्य अधिकारहिरु सेनाको काममामात्र ध्यान दिनेछन् । 
 
चीनमा करीव २३ लाख सेना छन् । चीनले सन् २०२० सम्म सेनालाई आधुनिकीकरणमा ढाल्ने बताउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ