arrow

पाँच देशका राजदूत नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
ramchandra-poudel-president-signature.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ