arrow

भारतबाट इन्धन बोकेर अाउँदै गरेकाे ट्यांकरका चालकलाई गोली प्रहार

साथमा भएको पैसा लुटियो

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
Bullet_Fire.jpeg

वीरगन्ज । भारतको बरौनीबाट पोखराका लागि इन्धन बोकेर आइरहेको ना ५  ख ८८४५ नम्बरको ट्यांकर चालकलाई रक्सौलमा नचिनेका दुई व्यक्तिले गोली प्रहार गरी लुटपाट गरेका छन् ।

अपरिचित ति व्यक्तिले अमलेखगन्ज–४ बस्ने चालक तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकोमा हान्दा प्रतिकार गरेपछि खुट्टामा गोली प्रहार गरी ४५ सय भारु लुटेर लगेका छन् ।

सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि लुटेराले चालक उपाध्यायलाई कुटपीट गरेको जानकारी आएको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

प्रनाउ जोशीले भने, ‘घटना भारत पट्टीकै भूमिमा भएकाले चालकले भारतीय प्रहरीलाई खबर गर्नु पर्ने त्यसो गरेन छन् । नेपाल आएपछि नेपालको प्रहरीलाई भन्नु पर्ने भनेन छन् । पछि अमलेखगञ्ज प्रहरीलाई भने छन् ।’ हामीलाई अमलेखगञ्जबाट जानकारी आएको हो ।  

चालकले गोलीको छर्रामात्रै लागेको बताएका प्रनाउ जोशीले जानकारी दिए । कुटपीटले चालक उपाध्यायको टाउकोमा चोट लागेको र अवस्था जटिल नरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ