सत्ता गठबन्धन र संघीय गठबन्धनका नेता बालुवाटारमा ‘वात’मार्दै
प्रकाशित २०७३ पुष १२ मंगलबार
894
Shares
काठमाडौं । सत्ताधारी काँग्रेस, माओवादी केन्द्र, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा जारी त्रिपक्षीय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सदन सञ्चालन, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत मधेशी मोर्चाका प्रमुख नेताहरु सहभागि छन् ।
त्रीपक्षीय बैठक बस्नु अघि प्रधानमन्त्री दाहालले काँग्रेसका नेता र उपप्रधानमन्त्रीहरुसँग छलफल गरेका थिए ।