arrow

‘गाैहत्या मुलुकको एकता भड्काउन गरिएको ग्राण्ड डिजाईनको पहिलो चरण’

नेपालको भूमि प्रयोग गरी भारत र चीनलाई सुरक्षा थ्रेट गराउन लागेको आरोप

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
Gau-hatya.jpeg
काठमाडौं । गत पुष ५ गते धनगढी—डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा ठूलो संख्यामा गाईगोरु मरेको अवस्थामा फेला परेपछि अहिले मध्यपश्चिमको जनजीवन तनावग्रस्त भएको छ । हिन्दूवादी युवाहरुले मंगलबार पनि दाङ लगायतका मध्यपश्चिम बन्दको आह्वान गरेका छन् । हिन्दू धर्मको आस्थाको जनावर गाई गोरु मार्नेलाई कडा कारबाहीको माग गर्दै आह्वान गरिएको बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । सार्बजनिक यातायातका साधन पनि ठप्प भएका छन् । 
 
गत मंगलबार चुरे पहाडसँग जोडिएको यो सडक खण्डको छेउछाउ र भीरमा यत्रतत्र छरिएर मरेको अवस्थामा फेला परेका यी चौपाया कसले किन मारेर फालेको हो भन्नेमा अझै पनि एकीन हुन सकेको छैन । प्रहरीले उक्त क्षेत्रमा १३ वटा गोरु र ११ वटा गाई गरी कुल २४ वटा गाईगोरु मरेको अवस्थामा फेला परेका थियो भने १४ वटा गाई मरणासन्न अवस्थामा भेटेको थियो । 
 
कसले मार्‍यो यति ठूलो संख्यामा गाईगोरु ?
 
यति ठूलो संख्यामा कसले र किन गाईगोरुको हत्या गरायो भन्ने सवालमा भने अझै केही पत्तो लाग्न सकेको छैन । तर, अहिले सामाजिक सञ्जाल र अनौपचारिक ठाउँहरुमा भने नेपालको सामाजिक सद्भाव भड्काउनको लागि पश्चिमी मुलुकहरुले चालेको निकृष्ट कदम भन्दै यसको कडा आलोचना भईरहेको छ । उनीहरुले यसमा सरकार गम्भीर नहुने हो भने पछिल्ला दिनहरुमा यस्ता घटनाले भयावह स्थिती सिर्जना गर्न सक्ने तर्फ सचेत गराएका छन् । 
 
अहिले गौ हत्या विरुद्धको उक्त आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण समर्थन तथा ऐक्यवद्धता जाहेर गरेको छ । पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीले यो आन्दोलनमा राप्रपा नेपालको पूर्ण ऐक्यबद्धता रहेको बताए । नेपालका विविध धर्महरुलाई एक आपसमा लडाएर सामाजिक सद्भाव खल्वल्याउने उद्देश्यले यस्तो कार्य गरिएको भन्दै यस विषयलाई सरकारले गम्भीर रुपमा लिनै पर्ने उनको भनाई थियो । 
 
‘हिन्दूहरुको व्यवहार नै महान् छ, कसैमाथि पनि नराम्रो दृष्टिले व्यवहार नगर्ने यही प्रवृत्तिलाई विथोल्दै धार्मिक सद्भाव भड्काउनको लागि गरिएको प्रपञ्च हा यो । यसको सबैपक्षबाट खुलेर विरोध गर्नैपर्छ ।’ गिरीले मंगलबार हाम्राकुरासँग भने । यो घटना धार्मिक सद्भाव भड्काएर नेपाललाई कम्वोडिया र भियतनाम बनाउने ग्राण्ड डिजाईनको पहिलो चरण रहेको पनि प्रमुख सचेतक गिरीको भनाई थियो । 
 
नेपालमा धर्मको नाममा प्रवेश गर्ने, यही धार्मिक सद्भाव भड्काउने र अन्तमा छिमेकी मुलुकहरु भारत र चीनलाई नै नेपालबाट सुरक्षा थ्रेट गराउने गम्भीर षड्यन्त्रकारीहरुको काम भएको भन्दै संसद् चलेको भए यो विषयले संसद्मा हंगामा मच्चाउने उनको भनाई थियो ।  
 
यसरी कुनैपनि धर्मको आस्थामाथि खेलवाडहुनेगरी गरिएको रहस्यमूलक कामले मुलुकमा धार्मिक हिंशाको चिन्ता बढाएको भन्दै यस्ता गतिविधि निरुत्साहित गर्नुपर्नेमा सबैले जोड दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ