arrow

अबकाे केही वर्ष भित्रै गुड्दैन त जापानमा पेट्राेलवाला गाडी ?

के छन् त विकल्प ?

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
japan-road.jpeg

काठमाडौं । सुन्दा पनि अचम्म त लाग्दैन ? जहाँ विश्वका अत्याधुनिक र अत्यधिक सवारी उत्पादन हुन्छ त्यही मुलुकमा गाडीमा इन्धन भर्ने  पेट्राेलपम्प नै विस्थापित गर्ने तयारी भर्न्छइरहेकाे छ भन्दा ? तर स्तरीय सवारीको लागि ख्यातिप्राप्त मुलुकको रुपमा रहेको जापानले भने अबकाे केही वर्षमा शहरमा सार्वजनिक पेट्राेलपम्प धेरै मात्रामा हटाउने तयारी गरेकाे हाे । 

याे याेजना तर सरकारकाे भने हाेइन । याे गाडी उत्पादन गर्ने कम्पनीहरुले पेट्राेलबाट चल्ने गाडी विस्थापित गरी चार्जबा६ चल्ने गाडी बनाउन थालेका छन् । जापानको मोटर उत्पादक कम्पनी निशानले जनाए अनुसार ४० हजार गाडी चार्ज स्टेसन रहेको मुलुकमा अहिले पनि जम्मा ३५ हजारको हाराहारीमा मात्रै पेट्रोलपम्प रहेका छन् । जुन निजी चार्ज स्टेसन सहितको गणना हो । निशानले दिएको जानकारी अनुसार अहिले ३ हजार भन्दा बढी चार्ज स्टेसनहरु पब्लिक ठाउँमा समेत राख्न थालिसकिएको छ र यो द्रूत गतिमा बृद्धि हुँदै गईरहेको छ । 
 
उता जनरल मोटर्सका अध्यक्ष एवं सिईओ मेरी बाराले अबको ५ देखि १० वर्ष भित्रमा अधिकांश पेट्रोल गाडी विस्थापित हुने जानकारी दिइन् । उनले अबकाे केही वर्षमा  पछिल्लो ५० वर्षको भन्दा बढी मात्रामा सवारी विस्थापित हुने दाबी गरिन् । उनले वातावरण संरक्षणको लागि अब जापानी सडकमा पेट्रोल तथा डिजेल गाडी सकेसम्म बन्द नै हुने र त्यसाे नभएपनि ज्यादै न्यून मात्रामा गुड‍्ने दाबी गरिन् । 
 
निसानको मात्रै होईन कि जापानका गाडी उत्पादक कम्पनीहरु अहिले पेट्रोल तथा डिजेलको विकल्पको खोजीमा तल्लीन रहेका छन् । त्यही खोजीको क्रममा जापानी कम्पनीहरुले यस्ता उत्पादनहरु बजारमा ल्याएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ