arrow

‘चौका’ विवादले महिला क्रिकेटको स्वर्ण पूर्वाञ्चललाई चिठ्ठा

‘मेडलका लागि विभागिय टोलीको मरिहत्ते’, आफैमा एक अर्कालाई देखि सहँदैनन्

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
satau-ko-maskat-new-a.jpeg

इटहरी । सातौं राष्ट्रिय खेलकूद अन्तर्गत महिला क्रिकेटतर्फको स्वर्ण पूर्वाञ्चलले पाएको  छ । विभागिय सशस्त्र प्रहरी बलको एपीएफसँगको फाइनल विवादित भएपछि पूर्वाञ्चललाई चिठ्ठा परेको हो । १८ दशमलव ४ ओभरको खेल चलिरहँदा ‘चौका’को विवाद निस्कियो । विवाद बढ्दै जाँदा खेलबाट बाहिरिएको सशस्त्र खेल्न नमानेपछि निर्णायकले पूर्वाञ्चललाई विजेता घोषणा गरे ।

पूर्वाञ्चलले दिएको ६४ रनको लक्ष्य पछ्याउने क्रममा ७ बलमा ५ रन आवश्यक रहेकै अवस्थामा चौका भएको–नभएको विषयमा विवाद भयो । विवादले आधा घण्टा स्थगित भएको खेलमा अम्पायरले चौका नभएको भनेपछि एपीएफले खेल नै बहिस्कार गरिदियो । खेल पूर्वाञ्चलले जितेको घोषणा गरेपनि सशस्त्रले भने स्वीकार गर्दिन भन्यो ।

खेल मैदानमै रहेका एक अफिसियलले भने, ‘चौका हानेको भिडियो पनि भएन । अम्पायरले चौका भएको देखेनन् । यस्तो अवस्थामा खेलाडीको भनाई मान्नु पर्ने नियम छ । खेलाडीले मैले चौका हानेको हो भन्दै थिए । विवाद निकै बेर भयो ।’   
टस जितेर पहिले व्याटिङ गरेको पूर्वाञ्चल १८ ओभर ४ बलमा ६३ रनमा अलआउट भएको थियो । डेफेन्डिङ च्याम्पियन एपिएफले जवाफमा ८ विकेट गुमाइसकेको थियो । १८ दशमलव ४ ओभरमा एपीएफकी ब्याट्सवुमन रितु कनाेडियाले गरेको प्रहार विवादित बन्यो ।

एपीएफले त्यो बलले सीमा रेखा पार गरेको भन्दै चौका दिनु पर्ने अडान राख्यो ।  अन फिल्ड अम्पायरले पूर्वाञ्चलकी फिल्डर अप्सरी बेगमलाई बाउन्ड्रीमा बल पुगेको–नपुगेको बारे सोधे । फिल्डरले चौका नभएको भनेपछि अम्पायर क्रिकेटको निमानुसार खेलाडीकै भनाइमा अडिग रहे ।

चौका नदिएपछि एपीएफका खेलाडी खेलमा फर्कन मानेनन् । म्याच अम्पायर सत्यजीत सरकारले एपीएफ खेल्न तयार नभएपछि वाकओभर दिएको बताए ।
 

विभागिय टोलीले मेडलका लागि मरिहत्ते गर्छन्
सातौं राष्ट्रिय खेलकूदका सबै जसो स्पर्धामा विभागिय टोलीहरुकै बर्चश्व छ । मेडल जित्ने खेलाडी पनि छन् । खेल व्यवस्थापक मध्यका एकले हाम्राकुरासँग भने, ‘विभागिय टोली कजोर छैनन् तर, सामान्य कुरामा पनि धाधली गर्न खोज्दा रहेछन् । मेरो पूर्वाञ्चल संस्करणको अनुभव त्यही रहयो ।’ महिला क्रिकेटको विवाद पनि त्यही थियो ।

ति व्यवस्थापकले थपे, ‘विभागिय टोलीहरुबीचमै आ–आफै मेडलका लागि अस्वस्थ प्रतिस्पर्धा देखियो । मेडलका लागि उतिकै तछामछाड, मरिहत्ते हुँदो रहेछ । एक अर्कालाई देखि सहनै नहुने ।’ मेडल स्टेन्थमा आर्मी अगाडी छ । दोस्रोमा पुलिस  र तेस्रोमा सशस्त्र छ । विकास क्षेत्रहरुबीचमा मध्यमाञ्चल सबै भन्दा अगाडी छ । छटौं राष्ट्रिय खेलकूद गरेको सुदूरपश्चिमाञ्चल सबैभन्दा कमजोर देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ