‘सभापति देउवा हाम्रो आदरणीय नेता हो मेरो कुनै किसिमको असमझदारी छैन’ – डा शेखर कोइराला
सुनिल आउजी,
प्रकाशित २०८१ पुष ५ शुक्रबार
2.8k
Shares
धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर काइरालाले दुई ठूला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै रहेको बताएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले सरकार नढल्ने दाबी गरेका हुन् । वर्तमान सत्तागठबन्धनलाई जनताले दिएको म्यान्डेट पूरा गर्न र सरकार संचालन सही तरिकाले गर्न उनले सुझावसमेत दिएका छन् ।
नेपाली कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन समयमै गर्न पनि दुई दलीय गठबन्धन सरकारको उनले ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो राम्रो सम्बन्ध रहेको जिकिर गर्दै उनले बाहिर आएका टिकाटिप्पणी झूट रहेको बताए ।
नेता कोइरालाले भने, ‘सभापति देउवा हाम्रो आदरणीय नेता हो मेरो कुनै किसिमको असमझदारी छैन ।’
नेपाली कांग्रेसको १५ औँ महाअधिवेशनमा आफ्नो सभापतिमा स्वभाविक दाबी रहेको पनि नेता कोइरालाले बताए ।
नेता कोइराला कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानीको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्न सुदूरपश्चिम आएका हुन् ।