arrow

द्वन्द्वको घाउ

मेरो मामा मार्नेको भलो हुँदैन 

मेरो माइलो मामालगायत १७ हजार मानिसको बलिदानी राजसंस्था फाल्नका लागि बाहेक कहीँ कतै देखिएन र भोलि पनि देखिने छैन

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०८१ पुष ६ शनिबार
shiva-prasad-pokharel-81-9-.jpg

सानोमा मामाघर जाँदा माइलो मामासँग गोर्खाको भच्चेक बजार भन्दा थोरै माथि सिरानचोक डाँडाको जंगलमा बाख्रा चराउँदा मामाले भन्नुहुन्थ्यो – भान्जाबाबु जीवनमा समस्या आयो भने नडराउनु समस्या नै जीवनको गन्तव्य कोर्ने औजार हो र आजको लगानी भविष्यमा प्रतिफल हुनेछ । 

अनि मामाले सुमधुर गीत गाउनु हुन्थ्यो –ऐसेलु काफलको, पोकोपारी ल्याइदेको रुमालको लाग्छ झझल्को । त्यस गीतका सर्जक शुरुआती गायक भन्दा मेरो मामाको स्वर धेरै मिठो थियो भन्ने लाग्छ । म आज पनि मेरो मामाले गाएको त्यो गीत गुनगुनाएर मामाको सम्झना गर्छु । 

गरिब देशको रुपमा चित्रित नेपालमा जनता नामका प्राणीलाई कहीँ कतै पनि गुनासो गर्ने ठाउँ थिएन । मानिसहरु माओवादी पार्टीको नाम गरेकाले जनताको आकांक्षा पूरा गर्छन् भन्ने विश्वास गरेर गाउँघरमा आतंकको प्रतीक बाँदरलाई तह लगाउनु पर्छ भन्नेतर्फ लागे । 

तिनका शासनका बेला बाँदरहरुले त्यति धेरै दुःख दिएनन् । तिनले हाम्रा घरबारीमा परेड खेल्दा बाँदरहरु भागे । जब तिनीहरुले हाम्रो खेतबारीमा परेड खेल्न छोडे त्यस पश्चात सल्बलाउन थालेका बाँदरले आज हाम्रो गाउँघर ध्वस्त बनाए । 

आज आमा भन्नुहुन्छ – बाबा  माओवादीलाई हामीले भात खुवाउँदा गाउँघरमा बाँदर आतंक थिएन । तर आज उनीहरुको सम्झना बाँदर आतंक रोक्न सक्ने पार्टी हुन् भन्ने लाग्छ । 

हो आमा तिनीहरु बाँदर आतंक रोक्नका लागि त्यतिबेला ठीक थिए तर त्यसभन्दा बढी कुनै प्रगति देखिएन । मेरो नेपालमा कोही एक जना सज्जन मानिस थिए भने मेरो लागि मेरो माइलो मामा हुनुहुन्थ्यो । उहाँलाई माओवादीको सिपाहीको रुपमा त्यतिबेलाको सरकारले बेपत्ता बनाइदियो । 

मेरो माइलो मामालगायत १७ हजार मानिसको बलिदानी राजसंस्था फाल्नका लागि बाहेक कहीँ कतै देखिएन र भोलि पनि देखिने छैन । हो तपाईंहरु नभएको भए ज्ञानेन्द्र राजाले सजिलै गद्धी छोड्ने थिएनन् । 

तर ज्ञानेन्द्र शाहको सत्ता छोड्ने बेलामा राखेको माग आज पनि तपाईंरुले नै गोलमाटोल गरिदिनु भयो भन्ने सुनिएको छ । राजा साबहरुले जनता सरह कर चाहीँ तिर्ने थिएनन् भन्ने रहेको छ । 

त्योमात्र उनीहरुको गल्ती हो भनेर परिचय दिने गरिन्छ । अनि आज तपाईंहरुको के...हान पार्टीले गरेको आन्दोलन पश्चात आफ्नो पार्टीको प्रधानमन्त्री मात्रै ४ पटक (पुष्पकमल दाहाल प्रचण्ड ३ पटक र डा बाबुराम भट्टराई १ पटक), उपराष्ट्रपति (नन्दबहादुर पुन पासाङ) १ पटक, सभामुख (ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा) ३ पटक गर्दा जनताका लागि के खुल्क्याउनु भयो ? 

हाम्रो गाउँमा नै बस्ने आमाले आज पनि तिम्रा पार्टीका उम्मेद्वारलाई भोट दिनुहुन्छ र हामीलाई भन्नुहुन्छ – मेरो भाइ माधव अधिकारीलाई राजाको सेनाले मारेर ठूलो गल्ती गर्यो । 

मेरो माइलो मामालाई मार्ने अपराधीले सजायँ पाउनु पर्दैन  ?

मेरो माइलो मामाको बुइ चढेर टाउकोमा हान्नेहरुले मेरो मामाघरमा न्याय दिनुपर्छ भन्ने माग मेरो आमा र मेरो हो  । 

मेरो धेरै नै सज्जन मामाको हत्या गर्नेको भलो हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ