arrow

हाउजिङ व्यवसायका खलनायक सुधीर बस्नेत प्रहरीको फन्दामा

भारतबाट काठमाडौं आएलगत्तै पक्राउ

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
sudhir-basnet.jpeg
काठमाडौं । हाउजिङ व्यवसायका खलनायक सुधीर बस्नेत प्रहरीको फन्दामा परेका छन् । हाउजिङका लागि भन्दै सर्वसाधारणबाट करोडौं रकम लिएर फरार रहेका बस्नेतलाई मंगलबार राति ११ बजे अदालतको फैसला कार्यान्वयन इकाई र प्रहरीको टोलीले उनको धापासीस्थित घरबाट पक्राउ गरेको हो।  
 
डेढ अर्व बढी रकम ठगी गरेर उनी भारतमा लुक्दै आएका थिए। सूचनाको आधारमा राति घरमा सुतिरहेकै अवस्थामा बिस्ताराबाट प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनालले सूचनाका आधारमा घरमै गएर राति पक्राउ गरिएको हाम्राकुरालाई जानकारी दिए। 
 
खनालले बस्नेतलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको जनाएका छन् । उनका अनुसार अब बस्नेतलाई अदालतमा बुझाइन्छ । कोहिनुर हिल हाउजिङ एण्ड कोहिनुर बिल्डर्सका नाममा बस्नेतले विभिन्न बैंकहरुबाटसमेत ७० करोड रुपैयाँ ऋण लिएका थिए।  ऋण लिने र नतिर्ने बस्नेतलाई दुई वर्ष कैदको सजाय सुनाएपछि छिमेकी भारततिर भासिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ