arrow

चालकले पिएको सुराको तालमा ट्याक्सीले देखायो यस्तो पोज !

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
Taxi.jpeg
काठमाडौं। एकाविहानै ललितपुरको च्यासलमा अचम्म पोजमा ट्याक्सी दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। च्यासल मैदान भन्दा ५ सय मिटर माथि निर्माणधिन सडकबाट तल्लो गरामा खसेको ट्याक्सी पूर्ण रुपमा उत्तानो परेको थियो। यसरी ट्याक्सी पल्टिएको अवस्थामा भेटिए पनि सो ट्याक्सी कसले चलाएको र कसरी दूर्घटना भयो भन्ने बारेमा भने अझै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
 
बा १ ज १७२२ नं को ट्याक्सी उत्तानो परेको अवस्थामा प्रहरीले दिउँसो १० बजेतिर मात्रै गएर त्यसलाई सिधा पारेको थियो। ट्याक्सीको केही भाग कुच्चिको छ। तर मान्छेको रगत कतैपनि नदेखिएकोले मान्छे सकुशल रहेको भागेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले अनुमानका आधारमा अत्यधिक मदिरा सेवनका कारण यस्तो भएको बताएको छ। स्थानीय रमेश महर्जनले आफू विहान ६ बजे उठ्दा यस्तो देखेपछि प्रहरीलाई खबर गरिएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ