arrow

अब पार्टीभित्र समान र न्यायोचित व्यवहार गर्ने प्रणालीको शुरूआत हुनेछ – शेखर कोइराला

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०८१ पुष ६ शनिबार
shekhar-koirala-sunil-sharm.jpg

धनगढी । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कुनै दलले एकल बहुमतमा सरकार बनाउन नसक्ने गरी भएका ब्यवस्था सच्याउन संविधानमा संशोधन गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल प्रजातान्त्र सेनानी संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले भने, ‘अहिलेको संविधानको मूल मर्म नमर्ने गरी संशोधन जरुरी छ ।’ 

अहिले संविधानमा रहेको समावेशी व्यवस्थालाई जोगाउँदै केही कुराहरु संशोधन आवश्यक रहेको नेता कोइरालाले बताए । ‘अहिले हाम्रो पार्टीसमेत मिलेर सरकार बनेको छ ।  देशमा भ्रष्टाचार र सुशासन कायम हुन सकेन’, नेता कोइरालाले भने, ‘हाम्रो सरकारको समयमा भएका गलत कामहरुको आलोचना तपाइहरुले गर्नुस् नेतृत्वलाई असल बाटोमा हिँड्न सचेत गराउन तपाइहरुले पहल गर्न आवश्यक छ ।’
 
सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘तपाइहरुले नेपाली कांग्रेसलाई जोगाउनु भएको छ । अब कांग्रेस सबल र सक्षम बनाउन नेताहरुलाई खबरदारी गर्ने गर्नुहोस् । पार्टीभित्र समान व्यवहार हुने छ । अब पार्टीभित्र समान र न्यायोचित व्यवहार गर्ने प्रणालीको शुरूआत हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ