arrow

साफ महिला फुटबल : माल्दिभ्सको पोष्टमा नेपालको ९ गोल

दुई खेलमा नेपालको १७ गोल, सावित्राकै ११

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
silgudhi-team-nepal.jpeg

काठमाडौं । भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले शानदार दोस्रो जित निकालेको छ । कञ्चनजंघा रंगशालामा वुधबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ९ गोल गर्दैै शानदार जित हासिल गरेको हो । यो जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।   

नेपालका लागि सावित्रा भण्डारीले सावित्राले ह्याट्रिक सहित ५ गाेल गरिन् । १२औं, २८अाै‌, ३९अाै‌ं, ५०अाैं र ६३अाैं मिनेटमा गोल गरेकी हुन् । यस्तै, नेपालका लागि हिरा कुमारी भुजेल, निर्मला विक, सपना लामा र मन्जली कुमारी योञ्जनले पनि गाेल गरे । माल्दिभ्सले एउटा मौका सदुपयोग गर्न सकेन ।

पहिलो खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो । माल्दिभ्सले श्रीलंकालाई ५–२ ले पराजित गरेको थियो । यसपछि समूहको अन्तिम खेलमा नेपालले शुक्रबार श्रीलंकासँग खेल्ने छ ।

सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समूहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

अपडेट‍‍

-नेपाल र माल्दिभ्सबीचको खेल समाप्त भएको छ । नेपाल ९–० ले विजयी भएको छ । समूह एमा नेपाल दुई जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका र माल्दिभ्सको समान ३ अंक छ भने भुटान अंक बिहिन छ ।

–दुई खेलमा नेपालको १७ गोल । जसमध्ये ११ गोल सावित्रा भण्डारीले गरिन् ।

-इन्जुरी समयको तेस्रो मिनेटमा गोल……………… निर्मला विकेको गोल । उनी ८१ औं मिनेटमा पुनमको ठाँउमा मैदान प्रवेश गरेकी थिइन् ।

–निर्धारित ९० मिनेट सकियो । ४ मिनेट थप ।

-माल्दिभ्सकी गोएली अब्दुल घाइते ।

-८५अाै‌ं मिनेटकाे खेल सकियाे ।

-नेपालको खेलाडी परिवर्तन । पुनम जार्घामगरको ठाँउमा निर्मला विके मैदान प्रवेश ।

-अहिले सम्म नेपाल खेलमा ८–० ले अगाडी ।

-माल्दिभ्सकी गोलकिपर घाइते भएकी छिन् ।

-हिराकुमारी भुजेलले झन्डै ३० यार्डबाट हानेको बल सिधै गोलमा परिणत भयाे । नेपाल ८–० ले अघि ।

-गोल……………………… नेपालले अर्को गोल गरेको छ । नेपाल ८–० ले अगाडी । नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले नै हराएको थियो

-सावित्राले दायाँबाट क्रस गरेको बलमा सपनाले सहजै ट्याप गरेर गोल गरेकी हुन्

-गोल……………………… ‍‍नेपालका लागि सपना लामाले गोल गरेकी छिन् । सावित्राको पासमा सपनाले गोल गरेकी हुन् । नेपाल ७–० ले अगाडी ।

-सावित्राले पाँचौं गोल अनिताको पासमा गरेकी हुन् ।

-नेपालको खेलाडी परिवर्तन । अनिता बस्नेतको ठाँउमा सपना लामा ।

-सवित्राले पाँचौ गोल गरेकी छन् । नेपाल ६–० ले अगाडी ।

-नेपालको अर्को गोल । नेपाल ५–० ले अगाडी ।

-अनिताले दिएको पासमा मन्जलीले गोल गरेकी हुन् । च्याम्पियनसिपमा मन्जलीको त्यो पहिलो गोल हो ।

-मन्जली कुमारी योञ्जनको गोल । नेपाल ४–० ले अगाडी ।

–दोस्रो हाफ सुरु भएको छ ।

-पहिलो हाफ सकिएको छ । नेपाल ३, माल्दिभ्स ०

–सावित्रा भण्डारीले २ खेलमा ९ गोल गरिसकेकी छन् ।

–पहिलो हाफ सकिँदै । ३ मिनेट थप ।

-सावित्राले लगातार दोस्रो खेलमा ह्याट्रिक पुरा गरेकी छिन्

-गोल………………सावित्रा भण्डारीले अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेकी छिन् । ३९अाै‌ मिनेटमा ह्याट्रिक ।

-सावित्रालाई विपक्षी रक्षक हानिफाले लडाएपछि नेपालले फ्रिकिक पायो । गीता रानाले फ्रिकिक प्रहार गरिन् । शर्मिलामा थापाले हेड गर्न सकिनन् ।

-मिनेटमा माल्दिभ्सकी रक्षक आमिनाथ  घाइते ।

-सावित्राले भुटानविरुद्ध २२ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । आज २८ मिनेटमा दुई गोल गरेकी छन् ।

-दीपा राईले सेन्टरबाट दिएको सुन्दर पासलाई एक्लै अघि बढाउँदै सावित्राले पेनाल्टी बक्सको दायाँबाट प्रहार गरेको बल गोलमा परिणत भयाे ।

-गोल…………………नेपालको अर्को गोल । फेरी सावित्रा भण्डारीले गोल गरेकी छन् ।

-मन्जलीले झन्डै २५ यार्डबाट प्रहार गरेको बल विपक्षी गोलकिपरले पन्च गरिन् । मन्जली चोटग्रस्त मनमाया लिम्बुको ठाँउमा खेलेकी हुन्

-निर्मलाको थ्रो सावित्राले बल लिन अघि बढ्दा विपक्षी गोलकिपरले नियन्त्रणमा लिइन् ।

-२३अाै‌ मिनेटकाे खेल सकिएकाे छ ।

-सावित्राको प्रहार विपक्षी खेलाडीले क्लियर गरेपछि नेपालले कर्नर पाएको छ

-कुलिङ ब्रेक, दुबै टोलीका खेलाडी पानी पिउँदै ।

-पेनाल्टी बक्सभित्र विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै उनलाई नाघेर सावित्रा भण्डारीले अाकर्षक गोल गरिन् ।

-सावित्रा भण्डारीले अर्को गोल गरेपछि रेफ्रीले अफसाइड लिइन् ।

-नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी छिन् । सावित्राले भुटानविरुद्ध दोहोरो ह्याट्रिक गरेकी थिइन्

-नेपालले गोल हानेको छ

-माल्दिभ्सकी फतिमाले ड्रिबल गर्दै अघि बढाएको बल नेपाली रक्षक पुनमले क्लियर गरिन्

-नेपालले फ्रि–किक पाएको छ ।

-खेल सुरु भएकाे छ ।

-नेपाली खेलाडी राष्ट्रिय गान गाउँदै

-फिफा धुन बजेको छ । नेपाल र माल्दिभ्स दुवै टोलीका खेलाडी मैदानमा प्रवेश गर्दैछन् ।

नेपाल:- नमिता ( किपर), गिता राना, पुनम जर्झा मगर, हिरा कुमारी भुर्तेल, सबित्रा भण्डारी, अनिता बस्नेत, अन्चली वाईवा, रेनुका नगरकोटी (कप्तान), दिपा राई, शर्मिला थापा, मन्जली कुमारी योन्जन ।

माल्दिभ्स:- आइशाथ(किपर), माहिना, आमिनाथ, हनिफा, ईब्राहिम ,रिफा,शाहुला, शामिला, मिर्फात, समा, थिबा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ