arrow

नछुटाउनूस् है विराटनगरको खाद्य मेला, प्रवेश–स्टल सबै नि:शुल्क

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
khadya-mela-info.jpeg
काठमाडौं । सरकारले खाद्य मेलाको आयोजना गर्दैछ । यही पुष १५ र १६ गते विराटनगरको हाटखोला मैदानमा हुने मेलामा प्रवेश तथा सबै स्टल निशुल्क प्रदान गर्न लागिएको विभागले जनाएको छ । 
 
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बुधबार एक विज्ञप्ती जारी गर्दै सो मेलामा सहभागिताको लागि आह्वान गरेको छ । परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुधार गरौं’ भन्ने मूल नाराका साथ सुरू हुन लागेको मेला परम्परागत, स्थानीय, अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रवद्र्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको कार्यालयले जनाएको छ । 
 
मेलामा परम्परागत आद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी, होमस्टे, होटल, खाद्य व्यवसायी, खाद्य उद्यमका लागि मेसिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसँग सम्बन्धित शैक्षिक संस्थाहरु, खाद्य पोषणसँग सम्बन्धित गैर सरकारी संस्थाहरुको स्टल रहने तथा जानकारी मूलक गोष्टि तथा कार्यक्रम समेत राखिएको कार्यालयले जनाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ