arrow

उप–राष्ट्रपतिको छोरा हुँ भन्दै सरकारी कार्यालयबाटै रकम माग्ने पक्राउ

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
hathkadi-new.jpeg

काठमाडौं । उप–राष्ट्रपतिको पिए र छोरा हुँ भन्दै विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरूमा कार्यक्रम गर्नका लागि रकम चाहियो भनि रकम माग्ने एक पक्राउ परेका छन् । उप–राष्ट्रपतिको छोरा हुँ भन्दै जवरजस्ती रकम माग्ने सिन्धुपाल्चोक, राम्चे ५ का रोशन सुवेदी पक्राउ परेका हुन् । उनी भक्तपुर, कमलविनायक बस्ने गरेको बताइएको छ ।

उनले नाम परिवर्तन गरी कमल भन्ने गरेको प्रहरीको अपराध महाशाखा प्रहरी टोलीले जनाएको छ । गएको मंसिर ५ गते पक्राउ गरी आवश्यक कारबाही गरेको तर, फेरि पनि उप–राष्ट्रपतिको पिए र छोरा हुँ भनि केही सरकारी तथा गैर–सरकारी कार्यालयहरूमा रकम माग गरी फोन गर्ने गरेको सूचना आएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । सुवेदीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।
विवरण

अनुसन्धानबाट खुल्न आएका कुराहरु :-

  • मो.नं.९८६१६९८८१२२ बाट उप-राष्ट्रपतिको पिए /छोरा हुँ भनि विभिन्न सरकारी तथा गैर-सरकारी कार्यालयहरुमा कार्यक्रमको लागि रकम चाहीयो भनि जवरजस्ती रकम माग गर्ने गरेको ।
  • विभिन्न संघ संस्थाहरूमा रकम माग गर्ने साथै अन्य विभिन्न क्षेत्रमा उप-राष्ट्रपतिको छोरा हुँ भनि दुरूपयोग गरेको ।
  • विभिन्न पत्र-पत्रिकाबाट संघ संस्था तथा कार्यालयको नाम संकलन गर्ने गरेको ।
  • सोही आधारमा नेपाल टेलिकमको १९७ मा फोन गरी सम्बन्धित कार्यालयको फोन नं.संकलन गरी नेकपा माओवादीको कार्यक्रमको लागि १०।१५ हजार रुपैयाँ सहयोग गर्नु भनि फोन गरेको ।
  • अन्तिम पटक न्यूरोड स्थित ल्याण्डलाईन बाट हुलाक सेवा विभाग, डिल्लिबजारमा फोन गरी १० हजार रुपैयाँ माग गरेको ।

निजले विगतमा रकम माग गरेको संस्था तथा सरकारी कार्यालयका नाम :-

  • राजश्व अनुसन्धान विभाग                      
  • औषधी व्यवस्था विभाग                     
  • नेपाल कृर्षि अनुसन्धान परिषद                
  • नापी विभाग                                     
  • केन्द्रिय पञ्जिकरण विभाग                    
  • परराष्ट्र मन्त्रालय                                
  • हुलाक सेवा विभाग, डिल्ली बजार          
  • आध्यात्मिक समाज, नयाँ बानेश्वर                        
  • जल उत्पन्न प्रकोप न्यूनिकरण विभाग
  • NAST, खुमल्टार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ